दार्जिलिङ सहरमा लगाइएको सीसीटीभी क्यामेराको एसपी-ले गरे उद्घाटन

दार्जिलिङ: दार्जिलिङ सहरको प्रमुख केही स्थानहरूमा लगाइएको मोठ 47 वटा सीसीटीभी क्यामेराको आज दार्जिलिङका पुलिस अधिक्षक सन्तोष निमबलकरले विधिवत रूपमा उद्घाटन गरे। दार्जिलिङ टाउनका एएसपी मनिष जोसीले बताए अनुसार यदि सहर क्षेत्रमा कुनै पनि असमाजिक, अपराधिक तथा अनैतिक कार्यहरू भए त्यसलाई क्यामेरामा कैद गरेर सहजै आरोपीहरूलाई पक्रिन सकोस् भन्ने उद्देश्य लिएर दार्जिलिङ पुलिसले सहरको प्रमुख ठाउँहरूमा मोठ 47 वटा सीसीटीभी क्यामेरा लगाइएको छ। आज एउटा कार्यक्रमबीच पुलिस अधिक्षक सन्तोष निमबलकरले विधिवत रूपमा यसको उद्घाटन गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *