दार्जिलिङ सहरसँग जोडिने रिम्बिक लोधोमाको दुईवटा बाटो खोलाउनुपर्ने मागमा भागोप्रमो-द्वारा डीएमलाई पत्राचार

दार्जिलिङ: गत केही दिन अघिको वर्षाले पहाडको विभिन्न स्थानहरूमा व्यापक क्षति पुर्‍याएको छ। यस्तै क्षतिहरूमध्ये दार्जिलिङ सहरसँग जोडिने रिम्बिक लोधोमाको दुईवटा बाटो पनि पूर्ण रूपले ध्वस्त भएको छ। यसले गर्दा लगभग 30 हजार मानिसहरू प्रभावित बनेका छन्। उक्त समस्यालाई लिएर आज दार्जिलिङका डीएमलाई एउटा पत्र मार्फत् भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जिलिङ महकुमा समितिका मूल सचिव केशवराज पोख्रेलले स्थितिको जानकारी गराएर यी दुईवटा बाटोहरू खोलाउने माग गरेका छन्। तिनले प्रेसित गरेको पत्रमा 30 हजार मानिसहरूको विपदलाई ध्यानमा राखेर सरकार पक्षबाट सो कार्य झट्टै हुन सक्दैन भने भारतीय सैनिकको सहयोग लिएर पनि बाटो खोलिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *