दार्जिलिङसहित 108 वटा नगरपालिकाको चुनाउ 27 फरवरीमा हुने

दार्जिलिङ : अन्ततः दार्जिलिङ नगरपालिका सहित राज्यभरिका 108 वटा नगरपालिकाको चुनाउ आगामी 27 फरवरीको दिन हुने घोषणा गरिएको छ। नगरपालिका चुनाउको मतगणना 8 मार्चमा सम्पन्न हुने बताइएको छ।


राज्य सरकारद्वारा जारि अधिसूचना अनुसार बङ्गालको दार्जिलिङ जिल्ला अन्तर्गत पर्ने नगरपालिका लगायत दक्षिण दिनाजपुर, हुगली, हावडा, झारग्राम, जलपाईगढी, मालदा, मुर्शिदाबाद र नदिया गरेर मोठ 108 वटा नगरपालिकाको चुनाउ एकैदिन आगामी 27 फरवरीको दिन कठोर सुरक्षा व्यवस्थाबीच सम्पन्न गरिने भएको छ। यसको साथै यी सबै नगरपालिकाहरूको मतगणना एकै दिन 8 मार्चमा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *