दार्जिलिङ सरकारी महाविद्यालयको परीक्षा अफ लाईन मोडमा गर्ने विद्यार्थी मोर्चाको तयारी

रिम्बिक: गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा दार्जिलिङ सरकारी महाविद्यालय एकाई बिमल खेमाको तर्फबाट कोभिड 19-को प्रभावलाई मध्य नजर राखेर हाल कलेजका विद्यार्थीहरुको  परीक्षालाई सहजता प्रदान गर्न हरसम्भव कार्य गरिरहेको छ। यसै क्रममा आज उक्त विद्यार्थी मोर्चाले दार्जीलिङ सरकारी महाविद्यालयका परीक्षा अफ लाईन मोडमा गर्ने तयारी गरिरहेको  रिम्बिक लोधोमा समष्टिका उक्त महाविद्यालयमा अध्ययनरत् विद्यार्थीहरूको निम्ति समष्टिमा परीक्षा पत्र वितरण गरिने कार्य सम्पन्न भएकोले यहाँका विद्यार्थीहरुले पत्र ग्रहण गरेका छन् भने यस कार्यमा बिमल खेमा रिम्बिक लोधोमा समष्टी गोजमुमो कार्यकर्ताहरुले पनि यस कार्यमा सहयोग पुर्याएका थिए। उक्त कार्यमा दार्जीलिङ सरकारी महाविद्यालय विद्यार्थी मोर्चाका महासचिव दिपिका मुखिया, संयोजक छोतेन शेर्पा, करण लिम्बु अनि रिम्बिक लोधोमा समष्टीका सदस्यहरु अर्पण राई र दिपेश राई उपस्थित थिए भने विद्यार्थीहरूले पनि सहयोगीप्रति कृतज्ञता प्रकट गरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *