दार्जिलिङ सेवा भारतीद्वारा बिजनबारीको बतासी क्षेत्रको लागि चिकित्सा सामग्रीहरू प्रदान

बिजनबारी: गैरसरकारी संस्थान दार्जिलिङ सेवा भारतीले कोरोना भाइरस रोकथामको लागि बिजनबारीको सुदुरवर्ती ईलाका मझुवा ग्राम अन्तर्गत बतासी क्षेत्रको निम्ति दुईवटा स्प्रे मशिन, दस लिटर सेनिटाइजर, पीपीई किट्स, मास्क अनि होमेप्याथिक औषधीहरु स्थानीय गाउँको पक्षमा कञ्चनजङ्गा उद्धार केन्द्रका दार्जीलिङ प्रमुख शित्तल सुब्बालाई प्रदान गरेको छ। यस अवसरमा संस्थाले गर्दै आइरहेको कार्यबारे सचिव नरेन्द्र शर्माले जानकारी दिए। यसैगरी, हाल कोभिड-19को महामारीबाट बिजनबारीको मझुवा क्षेत्रलाई बचाउनको लागि प्रत्येक ग्रामवासीहरूले सेनिटाइज गर्नु पर्ने स्थानीयवासीहरूलाई शितल सुब्बाले अपिल गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *