दार्जिलिङ सेवा भारतीद्वारा खाद्यान्न वितरण

बिजनबारी : कोरोनाको र लकडाउनको विकट परिस्थितिलाई मध्य नजर राखेर विश्व हिन्दू परिषद्का शाखा दार्जिलिङ सेवा भारतीले आज दार्जिलिङको सालु कमान, मेरीबोङ, चुङथुङ अनि लिजाहिलका लगभग 200 विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरेको दार्जीलिङ एडभाईजरी बोर्डका सदस्य चन्द्र प्रकाश ढुंगेलले जानकारी गराएका छन्। सेवा भारतीले गत दिनहरूमा नौवटा अक्सिजन कन्सेन्ट्रेटर, अक्सिमिटर, सेनिटाइजर, मास्क अनि औषधिहरू वितरण गरिसकेको तिनले जानकारी दिँदै अब प्रत्येक क्षेत्रका विपन्न परिवारहरूलाई आवश्यक खाद्यान्न वितरण गरिरहेको बताए। आजको यस कार्यक्रममा दार्जीलिङ सेवा भारती अध्यक्ष मिलन शर्मा, बिजनबारी खण्डका महासचिव रोजर राई प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *