दार्जिलिङ सेवा संस्थाद्वारा बिजनबारीको हाउस अफ् जोय-को परिभ्रमण

बिजनबारी : मानव सेवा नै माधव सेवा हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै पहाड तथा तराईमा सञ्चालित दार्जिलिङ सेवा संस्थाको एउटा टोलीले बिजनबारी बजारदेखि केही माथि लोअर रेलिङमा सञ्चालित हाउस अफ् पिस तथा हावस अफ् जोय-को परिभ्रमण गर्यो। संस्थाका प्रमुख शशि योन्जनको नेतृत्वमा आएका उक्त टोलीले धेरै समय अघिदेखि हाउस अफ् पिस तथा हावस अफ् जोय-मा बस्दै आएका वृद्धहरूसित भेटघाट गर्दै तिनीहरूसित भलाकुसारी गरे। यसको साथै तिनीहरूलाई चाहिने खाद्य लगायत आवश्यक सामग्रीहरू वितरण गरेको संस्थाका प्रमुख योन्जनले जानकारी गराइन्। स्मरण रहोस्, उक्त हाउसमा घरविहिन 14 जना बालक-बालिका लगायत वृद्धहरू बस्दै आइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *