दार्जिलिङ तथा सिक्किमका धावकहरू दौड प्रतियोगितामा अंश ग्रहण गर्ने मुम्बई प्रस्थान

सिलगढी : मुम्बईमा सम्पन्न हुने म्याराथन दौड प्रतियोगितामा अंश ग्रहण गर्न आज दार्जिलिङ पहाड लगायत सिक्किमका 5 जना धावकहरू बाघडुग्रा विमानअड्डा हुँदै मुम्बईको निम्ति प्रस्थान गरे। यी मुम्बई जाने धावकहरूमा सिक्किमका चर्चित धावक अमर सुब्बा लगायत जतिन छेत्री, प्रितम राई, धन कुमार मगर, शिव हाङ लिम्बू सामेल थिए। प्राप्त जानकारी अनुसार आगामी 28 र 29 अगस्तको दिन विङ्स स्पोर्टस् सेन्टर रेकलामेसन बान्द्रा मुम्बईमा आयोजित हुने विभिन्न वर्गको दौड़ प्रतियोगितामा यी प्रतियोगीहरूले अंश ग्रहण गर्ने भएका छन्। चर्चित धावक अमर सुब्बाले 24 घण्टाको दौडमा, जतिन छेत्री, धन कुमार मगर र प्रितम राईले 12 घण्टाको दौड प्रतियोगितामा अनि शिव हाङ हाङ लिम्बूले 100 किमी दौड प्रतियोगितामा अंश ग्रहण गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *