दार्जिलिङ टाउन हलमा शनिवार नि:शुल्क स्वास्थ्य जाँच शिविर

दार्जिलिङ : दार्जिलिङ नगरपालिका र एडवार्डस फाउण्डेसन-को संयुक्त आयोजनामा भोली 6 अगस्तको दिन दार्जिलिङको टाउन हल अर्थात क्यापिटल हलमा नि:शुल्क मेडिकल क्याम्पको आयोजना गरिने भएको छ। दार्जिलिङ नगरपालिका र एडवार्डस फाउण्डेशनले नगरवासी एवम् पहाडवासीहरूको स्वास्थ्य विषयलाई ध्यानमा राखेर उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिने भएको बताइएको छ। एडवार्डस फाउण्डेशनका पूरण छेत्रीले बताए अनुसार नगरवासी तथा सम्पूर्ण पहाडवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर एडवार्डस फाउण्डेशनले नि:शुल्क मेडिकल क्याम्पहरूको आयोजना गर्दै आइरहेको छ। यसैक्रममा भोली 6 अगस्तको दिन पनि शहरको क्यापिटल हलमा नगर निगमको सहयोगमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। तिनले उक्त शिविरमा आएर बिमारीहरूले आ-आफ्नो स्वास्थ्यको जाँच गरिदिने अपिल पनि गरेका छन्। शिविरमा मृगौला रोगी, हद्रय रोगी लगायत अन्य विभिन्न रोगहरूको विषयमा चिकित्सकहरूले जाँच गर्नको साथै उपचार गरिने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *