दार्जिलिङ टाउनका 12 जना युवाहरू गोजमुमो 2 त्यागेर बिमल खेमामा सामेल

दार्जिलिङ : दार्जिलिङ टाउनका 12 जना युवाहरू गोजमुमो 2 त्यागेर गोर्खा जनमुक्ति मोर्चा बिमल खेमामा सामेल भएका छन्। आज पात्लेबाँसस्थित पार्टीको कार्यालयमा गएर अध्यक्ष बिमल गुरूङसित भेट गरेपछि आफूहरू पुनः गोजमुमोमा फर्किआएको तिनीहरूले अवगत गराए। यस अवसरमा बिमल गुरूङले तिनीहरूलाई खदा लगाइदिएर आफ्नो पार्टीमा स्वागत जनाए। यसपछि रिकेश गुरुङको नेतृत्वमा पार्टीमा सामेल भएका युवाहरूले बताएअनुसार 2017-मा जन्मिएको गोर्खाल्याण्ड नै नभएको नयाँ सोंच, नयाँ विचारभन्दा 2007-मा जन्मिएको गोर्खाल्याण्डको मुद्दा बोक्ने पुरानो सोंच, पुरानो विचार नै ठीक रहेको बुझेर पुरानै पार्टीमा फर्किआएको बताए। समर्थन कार्यक्रममा दार्जिलिङ टाउन युवा मोर्चा अध्यक्ष सोभित राई, नारी मोर्चा कोर कमिटी सदस्य श्रीमती आशा गुरुङ पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *