दार्जिलिङ टाउन नारी मोर्चाको पातलेबाँसमा सभा

दार्जिलिङ: दार्जिलिङ टाउनका नारीहरुलाई लिएर यहाँको पातलेबाँसस्थित गोर्खा जनमुक्ति मोर्चा पार्टी कार्यालयमा अध्यक्ष बिमल गुरूङको उपस्थितिमा एउटा सभा सम्पन्न भयो। यस सभामा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति उपाध्यक्ष आरपी वाईबा, केन्द्रीय सदस्य मणी गुरुङ, प्रवक्ता श्रीमती बिनिता रोका, श्रीमती सबित्री राई आदि उपस्थित थिए। दार्जिलिङ टाउनका 32 वटा वार्डका नारीहरूलाई लिएर सशक्त रुपमा नारी मोर्चा टाउन कमिटी गठन गर्ने विषयमा विस्तृत रूपमा सभामा छलफल गरियो। गहन छलफलपछि श्रीमती बिनिता रोकालाई गोर्खा जनमुक्ति नारी मोर्चा टाउन कमिटी संयोजिकाको पद्भार सुम्पिएको छ। यसको साथै तिनीसँग चारजनाको एउटा टोलीमा रजनी गुरुङ, करिस्मा राई, पुजा राई र रमन्ती राईलाई चयन गरेर सम्पूर्ण नारीहरुलाई समेटेर कार्य गर्ने जिम्मा दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *