दार्जिलिङ ट्रक चालक संगठनको शोकसभा

दार्जिलिङ: दार्जिलिङ ट्रक चालक संगठनको सभापति हरिप्रसाद प्रधानको निधनमा दार्जिलिङ ट्रक चालक संगठनले एउटा शोकसभाको आयोजना गरी समवेदना प्रकट गरेको छ। शोक सभापछि पत्रकारहरूसित बोल्दै दार्जिलिङ ट्रक चालक संगठनका राजेन छेत्री र कार्यालय सचिव शंकर लामाले आज दार्जिलिङ ट्रक चालक संगठनको संस्थापक सदस्यहरू र केन्द्रीय सभापतिको निधनमा शोक समवेदना प्रकट गर्दै शोक सभाको आयोजना गरेको बताए। संगठनले यस वर्षको अवधिमा मात्रै सभापति, कोषाध्यक्ष लगायत 12 जना वरिष्ठ एवम् संस्थापक सदस्यहरू गुमाएको तिनले जानकारी गराए। सचिव राजेन छेत्रीले संगठनको सभापति र कोषाध्यक्षको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको बताउँदै सभामा सबै दिवंगतहरूको आत्मा शान्तिको लागि मौन धारण गरी प्रार्थना गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *