दार्जिलिङ अप्पर मूल डाँडा समाज लगायत 25 परिवार हाम्रो पार्टी-मा सामेल

दार्जिलिङ (निसं): हाम्रो पार्टीलाई समर्थन जनाउने क्रम जारी रहेको छ। यसै क्रममा आज अप्पर मूल डाँडा समाज अनि यसको छेउछाउमा रहेको लगभग 25 परिवारले हाम्रो पार्टीलाई समर्थन जनाएका छन्। दार्जिलिङस्थित पार्टी कार्यालयमा आज केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्री, फुपसिरिङ पान्दाम समष्टिका सभासद एवं पार्टीका केन्द्रीय कार्यकर्ता जितेन राई आदिले तिनीहरूलाई हाम्रो पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिए।


यसैक्रममा पार्टीले तीनजना ग्राम पञ्चायत उम्मेद्वार र एकजना पञ्चायत समितिको उम्मेद्वार चयन गरेको छ।  हाम्रो पार्टीले मात्र गोर्खा जातिको जातीय मुद्दा अनि पहाडमा निष्पक्ष भएर विकास कार्यहरू गर्नसक्छ भन्ने अघिबाट नै उदाहरणीय कार्यहरू गर्दै आइरहेको हुनाले पहाडवासीको मन मस्तिकमा हाम्रो पार्टीमाथि आस्था र भरोसा बढ्दै गइरहेको कुरा पार्टीमा सामेल हुने समर्थकहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *