नव कल्याण समाज-को रजत जयन्ती पालन

दार्जिलिङ : दार्जिलिङ जिल्लाको अप्पर सिगताम सुभास ग्रामस्थित नव कल्याण समाज-को रजत जयन्ती आज विविध कार्यक्रमको साथमा भव्य रूपमा मनाइयो। नयाँ वर्ष “2020”-को छेक परेर आज नव कल्याण समाज २५औँ वर्ष पुगेको अवसरमा सम्पूर्ण समाजका सदस्यहरू मिलेर रजत जयन्ती पालन गरिएको हो। 


उक्त कार्यक्रममा विविध सांस्कृतिक नृत्यु, सङ्गीत, नाटक, खेल आदि प्रस्तुत गरियो भने विजेता अनि उप विजेताहरूलाई पुरस्करहरू पनि प्रदान गरियो।उक्त कार्यक्रममा मुख्य अतिथिहरू बिरसोक देवान, समाजका सभापति मिलन देवान, उप सभापति शिव लामा, मूल सचिव प्रमोद लामा, सह सचिव अनिल राईलगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *