दार्जिलिङ वेलफेयर सोसाइटीको तर्फबाट कालेबुङमा स्वास्थ्य उपकरण अनि राहत सर-समानहरू वितरण

कालेबुङ (निसं): दार्जिलिङ वेलफेयर सोसाइटीको तर्फबाट आज कालेबुङमा स्वास्थ्य उपकरण अनि राहत सर-समानहरू वितरण गरियो। उक्त वितरण कार्यक्रमलाई सुचारु रूपमा सञ्चालन गर्न रेडक्रस सोसाइटी अनि एनजीओ नेटवर्कले सहयोग पुर्याएको थियो। कालेबुङको वर्सिप सेन्टरमा आयोजना गरिएको कार्यक्रममा दार्जिलिङ वेलफेयर सोसाइटीका सचिव दिचेन वाङ्दी, सह-सचिव मनिष बर्मा, पूजा बर्मा, श्रीरंग रेडक्रस सोसाइटीका प्रतिनीधिहरूको उपस्थिति रहेको थियो। यस अवसरमा समाजका विपन्न परिवारलाई विभिन्न राहत सामग्री वितरण गरियो।


आयोजक समितिद्वारा शारीरिक रूपमा अशक्त मानिसहरूलाई ह्वील चेयर, विभिन्न संघ-संस्थालाई स्टेचर, लट्ठी, व्यक्ति विशेषहरुलाई सुन्ने मसिन लगायत विपन्न परिवारलाई राहत सामग्री, संघ संस्थालाई अक्सिजन कन्सन्ट्रेटर, तारपोलिन आदि वितरण गरियो। बिशेष गरेर G-20 का संयोजक हर्षवर्धन सिङलाको बिशेष पहलमा आवश्यक मानिसहरूलाई सेवा सहयोग प्रदान गर्ने उद्देश्यले दार्जिलिङ वेलफेयर सोसाइटीको हालै स्थापना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *