दार्जिलिङको मार्क संस्थाद्वारा बिजनबारीको पदेङमा चिकित्सा सामग्री प्रदान

बिजनबारी: दार्जिलिङको एउटा प्रतिष्ठित गैर-सरकारी संस्थान मार्क-ले आज दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ गोक दुई ग्राममा पर्ने पदेङवासीहरूको लागि दुईवटा अक्सिमिटर र दुईवटा थर्ममिटर लगायत मास्क प्रदान गर्यो। उक्त संस्थाको तर्फबाट प्रतिनिधि टोलीमा राधा खवास, निर्णय जैन छेत्रीले गाउँलेको लागि स्थानीय झरणा समाजका पदाधिकारीहरूलाई उक्त सर-समानहरू प्रदान गरे। यसरी आवश्यकीय चिकित्सा सामग्री प्रदान गरेकोमा गाउँवासीको पक्षबाट समाजका सभापति सुर्यकुमार राईले मार्क संस्थाप्रति कृतज्ञता प्रकट गरे। अर्कोतिर, संस्थाद्वारा प्रदान गरेको उक्त सर-समानहरू ताइवानमा बस्ने युवाहरूको सहयोगमा प्रदान गरिएको मार्क-का निर्णय जैन छेत्रीले बताए। यस अवसरमा समाजका प्रतिनिधिहरू बाहेक आशाकर्मी ममता राई खवास, स्थानीय स्वस्थ्यकर्मी छुदेन तामाङ प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *