दार्जिलिङका वार्ड पार्षदहरू हिल तृणमूल कङ्ग्रेस पार्टीमा सामेल

दार्जिलिङ: एकदिने भ्रमणमा दार्जिलिङ आएकी तृणमूल कङ्ग्रेस पार्टीको राज्यसभा सांसद डोला सेन अनि हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ र कालेबुङ अध्यक्ष तथा राज्यसभा सांसद शान्ता छेत्रीले आज दार्जिलिङको तृणमूल कङ्ग्रेस पार्टी कार्यालयमा सम्पन्न एउटा समर्थन कार्यक्रममा अंश ग्रहण गरिन्। उक्त कार्यक्रममा दार्जिलिङ नगरपालिका वार्ड नम्बर 9-का वार्ड पार्षद अनुप हाङ सुब्बा, वार्ड नम्बर 18 का गणेश सार्की र वार्ड नम्बर 19-का संजीव मोथेले आज हिल तृणमूल कङ्ग्रेस पार्टीलाई आफ्नो समर्थन जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *