दार्जिलिङमा गोरामुमो-को सांगठनिक सभा सम्पन्न

दार्जिलिङ : गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा आज अध्यक्ष मन घिसिङको निर्देशनमा पार्टीको भावी राजनैतिक रणनीति विषयलाई लिएर सांगठनिक सभाको आयोजना गरियो। गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाको अध्यक्षतामा सम्पन्न सभालाई केन्द्रीय समिति महासचिव महेन्द्र छेत्रीले सञ्चालन गरेका थिए।


उक्त सभामा विधायक एवम् गोरामुमो सेक्रेटरी जनरल निरज जिम्बा, गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष मौरिस कालिकोटे, सेक्रेटरी जनरल ऋषि थापा, गोरामुमो केन्द्रीय समिति सदस्य गण लगायत दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग तथा सम्पूर्ण भ्रातृ संगठनका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *