दार्जिलिङ नगरपालिकामा समस्याहरू चुनौती पूर्ण छ तर समाधान गर्न हामी समक्ष छौ: अजय एडवार्ड

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाको समस्याहरू चूनौती पूर्ण छ तर समाधान गर्न हामी सक्षम छौ। हाम्रो पार्टीले आज दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गरेपछि पार्टी अध्यक्ष पार्टी अध्यक्ष अजय एडवार्डले यस प्रकारको मन्तव्य पोखेका छन्। तिनले भने, हाम्रो पार्टीले दार्जिलिङ नगरपालिकामा आज बोर्ड गठन गर्यो। दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 31 बाट हाम्रो पार्टीको विजय उम्मेद्वार रितेश पोर्तेललाई दार्जिलिङ महकुमा शासक एवम् प्रशासक दुलेन रायले  चेयरम्यान पदको शपथ दिलाए। दार्जिलिङ नगरपालिका चुनाउमा हाम्रो पार्टीले 32 वटा आसनहरू मध्ये 18 वटा आसनमा जीत हासिल गरेका हुनाले सम्बन्धित विभागीय अधिकारीले हाम्रो पार्टीलाई बोर्ड गठन गर्ने निम्तो दिएको हुनाले आज हाम्रो पार्टीको चेयरम्यान उम्मेद्वार रितेश पोर्तेलले चेयरम्यान पदको शपथ लिए भने अन्य विजय उम्मेद्वारहरूलाई नगरपार्षदको रूपमा शपथ दिलाए। दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीले बोर्ड गठन गरेपछि पत्रकारहरूसँगको कुराकानीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले दार्जिलिङ नगरपालिकामा समस्याहरूको थुप्रो छ अनि समस्याहरू चुनौती पूर्ण पनि छ तर हामी समस्याहरूको समाधान गर्न सक्षम छौ भनी बताए। तिनले अझ भने, दार्जिलिङ नगरपालिकाको समस्याहरूलाई समाधान गर्न हामीले शट टम, मिडल टम अनि लङ टम योजनाहरू तयार गरेका छौ। शट डमको योजनाहरूलाई हामी एक दिनभित्रमा कार्य रूप दिने छौ। त्यसरी नै मिडल डम अनि लङ टम योजनाहरूलाई पनि कार्य रूप दिनेछौ। दार्जिलिङ नगरपालिकालाई सक्षम बनाउन धनराशीको खाँचो पर्न जान्छ, धनराशी कहाँबाट ल्याउन अनि कसरी संग्रह गर्न त्यसको रूपरेखा हामीले तयार गरेका छौ। दार्जिलिङ नगरपालिका धनी भए नगरवासीहरू पनि धनी हुनेछ। एउटा प्रश्नको जवाफमा अध्यक्ष एडवार्डले स्पष्ट शब्दमा भने, दार्जिलिङ नगरपालिकालाई धनी बनाउने हाम्रो योजनाहरूले नगरवासीहरूलाई कुनै प्रकारको बोझ र असुविधाहरू हुनेछैन तर नियमित रूपमा तिर्दै आइरहेको टयाक्स आदि जस्ता विषयहरू नगरवासीहरूले भुक्तान गर्नै पर्छ। दार्जिलिङ नगरपालिका हाम्रो पार्टीको होइन तर नगरवासीको हो। दार्जिलिङ नगरपालिकालाई समक्ष बनाउन समस्त नगरवासी साथै विपक्षीको चैकीमा बसेका नगरपार्षदहरू समक्ष पनि हामी सहयोगको आहवान गर्छौ। तिनले अझ भने, हामी विपक्षीहरूले राखेको राम्रो-राम्रो प्रस्तावहरूमा सहमति जनाउनेछौ तर हाइराइज बिल्डिङ साथै नगरपालिकालाई हानी पुऱ्याउने विषयहरूमाथि हाम्रो सहमति हुने छैन। यदि ती विषयहरूमाथि विपक्षीहरूले जबर्जस्ती गर्छ भने हामी त्यसको विरोधमा अनशनमा जान पनि तयार रहनेछौ।  दार्जिलिङ नगरपालिका आर्थिक रूपमा धेरै कम्जोर छ। आर्थिक रूपमा कमजोर भएको नगरपालिकालाई आर्थिक रूपमा समक्ष बनाउने हामीले थुप्रै योजनाहरू तयार गरेका छौ ती योजनाहरूलाई अब हामी प्रयोगमा ल्याउने काम गर्नेछौ। दार्जिलिङ नगरपालिकाको समस्याहरूलाई समाधान गर्न हामीले युवा शक्ति र युवा जोशहरूलाई अघि ल्याएका छौ अनि युवा शक्ति र युवा जोशहरूलाई अनुभवी सोंच र शक्ति भएकाहरूले मार्ग दर्शन गर्ने एडवार्डले बताए। तिनले विपक्षी नगरपार्षदहरू सबैलाई दार्जिलिङ नगरपालिकालाई स्वच्छ, सुन्दर अनि विकाशील बनाउने कार्यमा सहयोगको आह्वान पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *