दसैँपछि बङ्गालमा फेरि कोरोना संक्रमितहरूको सङ्ख्यामा वृद्धि

कोलकाता : पश्चिम बङ्गालमा दुर्गा पुजापछि फेरि कोरोना संक्रमणमा वृद्धि हुँदै गइरहेको छ। कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर विभिन्न जिल्लामा सेफ होम अनि अस्पतालहरूमा कोभिड वार्ड फेरि खोलिन थालेको छ। पुजा अघि राज्यमा संक्रमणको दर निक्कै घट्दै गएकोले नै अधिकजसो सेफ होम अनि विभिन्न अस्पतालहरूमा कोभिड वार्ड बन्द गरिएको थियो भने अचानक बढ्दो संक्रमणले गर्दा राज्य सरकारको फेरि चिन्ता बढाएको छ। अर्कोतिर, राज्य सरकारले बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै जिल्ला प्रशासनलाई नाइट कर्फ्यू अझ कडा गर्ने निर्देश जारी गरेको बताइएको छ। सरकारको निर्देश अनुसार पुलिसले नाइट कर्फ्यू उल्लङ्घन गर्नेहरूलाई पक्राउ गर्ने तथा कार्वाही गर्ने कार्य तीव्र गरेको छ। कोलकाता, हावड़ा लगायत राज्यका विभिन्न सहरहरूमा पुलिसले नाका चेकिङ गरेर नाइट कर्फ्यूको उल्लङ्घन गर्नेहरूलाई पक्राउ गर्ने कार्य शुरू गरेको छ। तिनीहरू विरुद्ध आपदा प्रबन्धन अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *