दशौँ श्रेणीकी छात्राद्वारा आत्महत्या

जलपाईगढी : दशौँ श्रेणीको छात्राले घाँटीमा पासो लगाएर आत्महत्या गरेको छ। प्राप्त जानकारीअनुसार हिजो साँझ जलपाईगढी सहरको इन्दिरा कोलनी निवासी दशौँ श्रेणीकी 16 वर्षीय छात्रा रशीदा खातुन प्रतिदिन झैँ छिमेकीको एउटा शिशुसँग खेलिरहेकी थिइन्। त्यस समय रशीदाको काखबाट उक्त शिशु लड्दा शिशुलाई सामान्य चोट लागेपछि शिशुका परिवारका सदस्यहरूले रशीदा गाली गर्दा तिनले अपमानित अनुभव गरेर घाटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी सदर अस्पतालमा पठाइयो। मृतकका परिवारका सदस्यहरूले आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गर्दै थानामा लिखित अभियोग दर्ता गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *