दसौँ श्रेणीको टेस्ट परीक्षाको मिति पछि सारिनुपर्ने मागमा विद्यार्थीहरूद्वारा जलपाईगढीमा पथ अवरोध तथा विक्षोभ

जलपाईगढी : दसौँ श्रेणीको टेस्ट परीक्षाको मिति पछि सारिनुपर्ने मागमा आज जलपाईगढीको विभिन्न स्कुलका विद्यार्थीहरूले यहाँको कदमतला मोडको सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। उक्त घटनाले गर्दा व्यापक जामको समस्या देखापर्यो। विद्यार्थीहरूको माग अनुसार दसौँ श्रेणीको परीक्षाको सिलेबस हालसम्म समाप्त भएको छैन। यस्तो परिस्थितिमा टेस्ट परीक्षा भए विद्यार्थीहरूलाई निक्कै समस्या हुने भएकोले परीक्षाको मिति पछि सारिनुपर्ने अथवा रद्द गरिनुपर्ने तिनीहरूले माग गरेका छन्। अर्कोतिर, विद्यार्थीहरूले जिल्ला विद्यालय परिदर्शकको कार्यालयअघि विक्षोभ प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *