दातडुप्लालेयु-का प्रतिनिधि टोलीद्वारा राज्यका श्रममन्त्रीसित भेट

मिरिक : गोजमुमो बिमल खेमाको श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका नेतृत्वहरूले हिजो सर्किट हाउसमा राज्यका श्रममन्त्री   बेचाराम मन्नासँग भेट गरे। दातडुप्लालेयु-का अध्यक्ष सुरज सुब्बाले श्रममन्त्रीसित सौहार्दपूर्ण भेटघाट भएको बताए। श्रममन्त्रीसितको भेटमा चिया श्रमिकहरूको विविध समस्याको यथाशीघ्र समाधान गरिनुपर्ने, बन्द चियाकमान पुन: सञ्चालनमा ल्याउनुपर्ने, बन्द चियाकमानका श्रमिकहरूको अधिकार र सहुलियत दिनुपर्ने,  बगानवासीलाई घर जमीनको पर्जापट्टा दिनुपर्ने, निम्नतम रोजी ऐन लागू गराउनुपर्ने लगायत विविध विषयमाथि चर्चा गरिएको तिनले बताए। यस अवसरमा श्रमिक सङ्गठनका अध्यक्ष सुरज सुब्बा, उपाध्यक्ष हरिहर आचार्य, सह सचिव रविशङ्कर शर्मा अनि ज्ञानु लामा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *