दातडुप्लालेयु-ले बैठकमा उठायो सिन्कोना बगानका श्रमिकहरूको रोजवृद्धि गर्नु पर्ने माग

मङपु: सिन्कोना बगानका श्रमिकहरूको रोजवृद्धिको निम्ति गोजमुमो बिमल खेमाको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनको एउटा प्रतिनिधि टोलीले आज लगभग 11 बर्षपछि पहिलोपल्ट राज्य सरकारले बोलाएको बैठकमा अंश ग्रहण गऱ्यो। बैठकमा संगठनको पक्षबाट श्रमिकहरुको दैनिक हाजिरा 390 रुपियाँ हुनपर्छ भन्ने माग गरिएको बताइएको छ। वर्तमान महँगाइलाई ध्यानमा राख्दै 260 रुपियाँ दैनिक हाजिराले परिवारको भरणपोषण गर्न गाह्रो पर्ने भएकोले डीटीडीपीएलयु-को तर्फबाट सरकार समक्ष एघार बर्षको अन्तरालमा पनि नबढेको दैनिक हाजिरा वृद्धि गर्नु पर्ने प्रस्ताव राखेको जानकारी श्रमिक संगठनका केन्द्रिय महासचिव सुरज सुब्बाले दिएका छन् । सुब्बाले संगठनको पक्षमा सरकारलाई न्युनतम मजदुरी ऐन अन्तर्गत 390 रुपियाँ हाजिरा हुनपर्ने माग गरेको बताउँदै सरकारले यस बिषय माथि सकारात्मक पहलको अश्वासन दिएको जानकारी दिएका छन्। सुरज सुब्बाले एघार बर्षपछि पहिलो पल्ट गोजमुमोको श्रमिक संगठनले सिन्कोना बगान अनि अन्य औषधीय बनस्पतिसित सम्बन्धित कारखानाहरुमा कार्यरत् मजदुरहरुको निम्ति सरकारको श्रम बिभागसङ्ग ऐतिहासिक बैठक बस्न सकेकोमा खुशी व्यक्त गरे। तिनले बताए अनुसार,सिलगढी स्थित श्रम भवनमा आज सम्पन्न बैठकमा गोजमुमोको श्रमिक संगठनको पक्षमा महासचिव सुरज सुब्बा, सुजित निरौला, रतन लामा, दिपेन राई र मन्सोङ मङ्पु , सिटोङ लाठपन्चर आदि क्षेत्रका प्रतिनिधिलगायत टीएमसी-को श्रमिक संगठन अनि श्रम विभागका एएलसी-ले भाग लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *