दवाई दोकानबाट प्रतिबन्धित ट्याबलेट अनि कफ सिरप उद्धार, दोकान मालिक पक्राउ

सिलगढी (निसं): दवाई दोकानको आड़मा प्रतिबन्धित ट्याबलेट अनि कफ सिरपको व्यवसाय गरेको आरोपमा सिलगढी थाना पुलिसले दोकानको मालिक इन्द्रनील रायलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार सिलगढीको 6 नम्बर वार्डको डांगीपाड़ास्थित गाँजा गल्लीको राय एन्टरप्राइज दबाई दोकानमा सिलगढी थाना पुलिसले आज अचानक छापामार अभियान चलायो। यस अवधि पुलिसले दोकानबाट 33,480 वटा नशालु ट्याबलेट अनि 318 बोतल प्रतिबन्धित कफ सिरप उद्धार गरेको छ। उद्दार गरिएको सामग्रीको बजार मूल्य लाखौं रुपियाँ रहेको बताइएको छ। अर्कोतिर, सिलगढी थाना पुलिसले एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर दोकानको मालिक इन्द्रनील रायलाई पक्राउ गरेको छ। तिनलाई भोली सिलगढी अदालतमा पेश गरिने भएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *