डे-नाइट फुटबल टुर्नामेन्टमा आदर्श स्पोर्टिङ क्लब विजय

सिलगढी : एक नम्बर टाउन युवा तृणमूल कङ्ग्रेस र मुक्त मञ्च किन्स क्लबद्वारा आयोजित डे-नाइट फुटबल टुर्नामेन्टमा आदर्श स्पोर्टिङ क्लब विजयी बन्यो। उक्त टुर्नामेन्टमा मोठ 16 वटा टोलीले अंश ग्रहण गरेको थियो। डे-नाइट फुटबल म्याचमा फाइनल खेल जङ्क्शन स्टोर बनाम आदर्श स्पोर्टिङ क्लबमाझ खेलिइयो जसमा आदर्श स्पोर्टिङ क्लब 1-0 गोलले विजय बन्यो। विजयी टोलीलाई देवाशीष मेमोरियल ट्रफीसहित 50 हजार रुपियाँ अनि उपविजेता टोलीलाई सुधीर पाल मेमोरियल ट्रफीसहित 30 हजार रुपियाँ प्रदान गरियो। यसको साथै मुक्त मञ्च किन्स क्लबको सीनियर बनाम जुनियर फुटबल म्याचमा जुनियर टोलीले 2-1 गोलले जित्यो। क्लबको तर्फबाट विजयी टोलीलाई 4 हजार रुपियाँ प्रदान गरियो। फुटबल म्याचमा नगरनिगमको प्रशासनिक बोर्डका सदस्य रञ्जन सरकार, एक नम्बर टाउन युवा तृणमूल कङ्ग्रेसका अध्यक्ष गोपाल साहा, 2 नम्बर वार्डका युवा सचिव शिव शंकर सोनकर, कमिटीका सदस्य सचिन दास लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *