डीडी र एसओजी-ले ब्राउन सुगरको सप्लायरलाई पक्राउ गर्यो नदियाबाट

सिलगढी : डिटेक्टिभ डिपार्टमेन्ट (डीडी) र स्पेशल अपरेशन ग्रुप (एसओजी) –ले अन्ततः 3 महिनापछि मादक पदार्थको मुख्य सप्लायरलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। आरोपी मजनुर रहमान (35)-लाई हिजो तिनकै वासस्थान नदियाबाट पक्राउ गरेको हो। घटनाक्रमअनुसार गत 3 महीनाअघि डीडी टोलीले मतिगढा इलाकामा अभियान चलाएर 600 ग्राम ब्राउन सुगर सहित एमडी बासिद र करीमलाई पक्राउ गरेपछि तिनीहरूसित सोधखोज गर्दा ती दुईजना केवल कोरियर बोय रहेको साथै घटनाको आरोपी मजनुर   मुख्य सप्लायर हुन् भन्ने कुरा थाहा पाए। यसपछि आरोपी मजनुरलाई पक्रिने प्रयास गरिरहेको समय डीडी-को अधिकारी नुर आलम सिद्दिकीले मजनुर केरलमा लुकेर बसेको थाहा पाए। 3 महिनापछि मजनुर आफ्नो घर आइपुगेको खबर पाउनसाथ डीडी र एसओजीले संयुक्त अभियान चलाएर मजनुरलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *