डीडी तथा प्रधाननगर पुलिसको सहयोगमा सिक्किम पुलिसद्वारा मादक पदार्थको व्यवसाय गर्ने दुईजना पक्राउ

सिलगढी : दबाई दोकानमा मादक पदार्थको व्यवसाय चलाइरहेको अभियोग उठेको छ। सिलगढी डिटेक्टिभ डिपार्टमेन्ट तथा प्रधाननगर थाना पुलिसको सहयोगितामा सिक्किम पुलिसले दुईजना युवकलाई पक्राउ गरेको छ। केही दिन अघि सिक्किम पुलिसले लगभग 22 ग्राम ब्राउन सुगरसहित लोग्ने-स्वास्नीलाई पक्राउ गरेको थियो। पुलिसले तिनीहरूसित सोधखोज गर्दा सिलगढीको एउटा दबाई दोकानबाट मादक पदार्थहरू किन्ने गरेको बताएपछि सिक्किम पुलिसले सिलगढी पुलिससित सम्पर्क गर्यो। गत राति सिक्किम पुलिसको एउटा टोलीले डिटेक्टिभ डिपार्टमेन्ट तथा प्रधाननगर थाना पुलिसको सहयोगमा चम्पासरी नजिक एउटा दोकानमा अभियान चलाएर कामरूल हुदा र मुरताजा आलम नाम गरेको दुईजना युवकलाई पक्राउ गर्यो। पक्रा परेका दुई युवकलाई आज सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा सिक्किम लगिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *