दिपावलीमा पटेका नपड्काउने कोभिड केयर नेटवर्क तथा सिलगढी फाइट कोरोनाद्वारा लिइयो शपथ

सिलगढी : कोभिड केयर नेटवर्क र सिलगढी फाइट कोरोनाले यस वर्षको दिपावली अर्थात् तिहारमा पटेका नपड्काउने संकल्प लिएको छ। कोरोना संक्रमित भएर निको भएका मानिसहरूलाई लिएर आज सिलगढीको बाघाजतीन पार्कमा एउटा जागरूकता कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा  सीपीएमका नेता अशोक भट्टाचार्य, तृणमूल नेता नान्टु पाल मुख्य रूपमा उपस्थित थिए। यस अवसरमा आज सबैले एकसाथ दिपावलीमा कुनै प्रकारको पटेका नपड्काउने शपथ लिनको साथै सहरवासीलाई दिपावलीमा पटेका नपड्काउने अपील पनि गरे। कार्यक्रममा उपस्थित सबैले सामाजिक दूरी पालन गर्दै आ-आफ्नो हातमा दिपावली फेस्टिभल अफ् लाइट, नट क्र्याकर्स लेखिएको प्लेकार्ड लिएर साधारण मानिसहरूलाई जागरूकताको सन्देश दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *