दिप छिरिङको दर्शनीय गोलको सहायतामा युनाइटेड ब्रदर्स एफसी विजयी

सुकना (निसं): जण्डा खेलाडी दिप छिरिङले छिऱ्याएको एक मात्र दर्शनीय गोलको सहायतामा युनाइटेड ब्रदर्स एफसीले जलपाइगढी पुलिसलाई पराजित गरेर 16औ सुकना गोल्ड कप फुटबल प्रतियोगिताको प्री क्वार्टरमा प्रवेश गरेको छ। सुकना खेल मैदानमा आयोजित आज मंगलबार युनाइटेड ब्रदर्स एफसी बनाम जलपाइगढी पुलिसमाझ खुबै रोमाञ्चक खेल सम्पन्न भयो।


आजको खेलको 65औ मिनटमा दिप छिरिङले गरेको एक मात्र उत्कृष्ट गोलको सहायतामा 1-0 गोलले युनाइटेड ब्रदर्स एफसी विजयी बनेको छ। आजको म्याचमा राम्रो खेलको प्रदर्शन गरेर दर्शकवर्गको मन जित्न सफल विजयी टोलीका खेलाडी सोनम शेर्पालाई ‘म्यान अफ् द म्याच’ छनौट गरियो। फुटबल आयोजक समितिले दिएको जानकारी अनुसार भोली बुधबार अपरान्ह 2.30 बजी आमुक्त परिवार बनाम दार्जिलिङ पुलिसमाझ भिडन्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *