देह व्यापारको आरोपमा 3 महिलासहित 8 जना पक्राउ

सिलगढी : सिलगढीको एउटा होटलमा देह व्यापार चलाएको आरोपमा पानीट्याङ्की आउटपोस्ट पुलिसले आज होटलका म्यानेजर लगायत 8 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। गोप्य सूचनाको आधारमा पुलिसले सिलगढीको एउटा होटलमा गत राति छापामार अभियान चलाएर होटलका म्यानेजरसहित 5 जना पुरुष र 3 जना महिलालाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूमा 4 जना बिहार तथा 1 जना सिलगढी निवासी रहेको छन् भने तिनीहरू क्रमैले 28 वर्षीय चन्द्र किशोर, 25 वर्षीय करम कुमार, 45 वर्षीय राजेश कुमार, 30 वर्षीय पंकज कुमार र 25 वर्षीय प्रशान्त सरकार अनि 3 जना महिला सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *