देह व्यापार चलाएको आरोपमा युवक-युवतीसहित लज मालिक हिरासतमा

सिलगढी : एनजेपी स्टेशन संलग्न एउटा लजमा देह व्यापार चलाएको अभियोगमा आज पुलिसले लजका मालिक, तिनका छोरासहित 3 जना युवती अनि 3 जना युवकलाई हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत केही दिनदेखि नै पुलिसले उक्त लजमाथि कठोर नजर राखिरहेको थियो। आज उक्त लज अघि 3 जना युवकलाई सन्देहजनक रूपमा घुमिरहेको देखेपछि पुलिसले इलाकावासीको सहयोगमा उक्त लज भित्र पसेर तिनीहरूलाई हिरासतमा लिएको बताइएको छ। तिनीहरूमा 3 जना युवक सिलगढी निवासी रहेको तथा 3 युवतीमध्ये एकजना कालेबुङ निवासी अनि अन्य 2 जना सिलगढी निवासी रहेको पुलिस सूत्रमार्फत् थाहा लागेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *