दिल्ली विधानसभा चुनाउको लागि मतदान जारी  

नयाँ दिल्ली:  दिल्ली विधानसभा चुनाउको लागि आज बिहानैदेखि कठोर सुरक्षा व्यवस्थाबीच 70 आसनहरूको लागि मतदान जारी छ। आज मोठ 1.47 करोड़ मतदाताले अफ्नो मताधिकारको उपयोग गरिरहेका छन्। दिल्ली विधानसभाको 70 आसनको लागि मोठ 672 उम्मेद्वार मैदानमा खड़ा भएका छन्। प्राप्त जानकारी अनुसार केन्द्रीय सशस्त्र पुलिस बल (सीएपीएफ) को 190 कम्पनीका जवानहरू मतदान क्षेत्रहरूमा सुरक्षाको लागि तैनाथ गरिएको छ। आज अपरान्ह 12.30 बजेसम्म 18 प्रतिशत मतदान सम्पन्न भइसकेको छ भने हालसम्म कुनै पनि आसन क्षेत्रमा कुनै प्रकारको गढबढीको समाचार प्राप्त भएको छैन्।


One thought on “दिल्ली विधानसभा चुनाउको लागि मतदान जारी  

Leave a Reply

Your email address will not be published. Required fields are marked *