दिल्ली हिंसाको प्रतिवादमा तृणमूल कांग्रेसको धिक्कार ऱ्याली

अलीपुरद्वार : दिल्ली हिंसा मामिलाको प्रतिवादमा अलीपुरद्वार जिल्लामा तृणमूल कांग्रेसको तर्फबाट एउटा धिक्कार ऱ्याली निकालिइयो। आज अलीपुरद्वार जिल्लाको कालचिनी, फालाकाटा, कुमारग्राम लगायत अन्य ब्लाकहरूमा तृणमूल कांग्रेसको तर्फबाट प्रतिवाद ऱ्याली निकालिइयो। कालचिनी ब्लकको हेमिल्टनगञ्ज मनासतला ईलाकामा एउटा प्रतिवाद ऱ्याली निकालेर यहाँको विभिन्न मार्गको परिक्रमा गऱ्यो। यसपछि हेमिल्टनगञ्ज बस स्ट्याण्डमा संगठनको तर्फबाट एउटा पथसभा पनि गरियो। यस सभामा तृणमूल कांग्रेसका कालचिनी ब्लक अध्यक्ष असीम मजुमदार, कालचिनी पञ्चायत समितिका सहकारी अध्यक्ष प्रभात मुखर्जीले वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.