दिल्ली हिंसाका पीडितहरूको लागि सीपीआईएमद्वारा अर्थ सङ्ग्रह

सिलगढी : दिल्ली हिंसाका पीडित मानिसहरूको सहयोगको लागि सीपीआईएम अघि आएको छ। आज सीपीआईएम पूर्व सांसद मोहम्मद सेलिमेर र पूर्व सांसद समन पाठकको उपस्थितिमा सीपीआईएमका नेता जीवेश सरकारलगायत अन्य पार्टी कार्यकर्ताहरूले सिलगढीको विभिन्न ठाउँहरूमा घुमेर अर्थ सङ्ग्रह गरे। दिल्ली हिंसामा धेरैजना मानिसहरूले प्राण गुमाएका छन्। उक्त घटनाका पीडित मानिसहरूको सहयोग गर्ने उद्देश्य लिएर सीपीआईएमका नेता लगायत सदस्यहरूले यहाँको विभिन्न बजारहरूमा घुमेर अर्थ सङ्ग्रह गरे। उक्त सङ्ग्रह गरिएको रुपियाँ दिल्ली हिंसाका पीडित मानिसहरूको सहयोग स्वरूप प्रदान गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *