दिल्ली हिंसामा संलग्न व्यक्तिहरूविरुद्ध कार्वाही गरिने : केन्द्रीय गृह राज्य मन्त्री

सिलगढी : सिलगढीको बाघडुग्रा एयरपोर्टमा ओर्लिएपछि बिहार जाने क्रममा केन्द्रीय गृह राज्य मन्त्री नित्यानन्द रायले दिल्ली हिंसा काण्डका आरोपीहरूलाई कठोर कार्वाही गरिने बताए। बाघडुग्रा एयरपोर्टमा पत्रकारहरूसँग केही क्षण कुराकानी गर्दै तिनले  दिल्लीमा गत भएको हिंसात्मक घटनापछि षड्यन्त्र रहेको दावी गरे। उक्त हिंसामा धेरैजना निर्दोष मानिसहरूको मृत्य भएको साथै धेरैजना मानिसहरू घाइते भएको तिनले बताए। उक्त घटनामा संलग्न रहेका षड्यन्त्रकारीहरू विरुद्ध सरकारले कठोर कार्वाही गर्ने भएको तिनले अवगत गराए। यसपछि तिनी आज सडक मार्ग भएर कठोर सुरक्षा व्यवस्थाबीच बिहार प्रस्थान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *