दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको प्रतिवादमा कुचबिहारमा विक्षोभ

कुचबिहार: आबकारी नीति मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले हिजो पक्राउ गरेपछि आज यसको प्रतिवादमा आम आदमी पार्टीद्वारा कुचबिहारमा विक्षोभ प्रदर्शन गर्यो। मुख्यमन्त्री अरविन्द केजरीवाललाई रिहा गरिनुपर्ने माग गर्दै आज आम आदमी पार्टी कुचबिहार जिल्ला कमिटीका सदस्यहरूले कुचबिहारको कचहरी मोड इलाकाको पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यसको साथै आम आदमी पार्टी कुचबिहार जिल्ला कमिटीका सदस्यहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरे। पथ अवरोधलाई केन्द्र गरेर इलाकामा जामको समस्या देखापर्यो। स्मरण रहोस्, आबकारी नीति मुद्दामा ईडीले हिजो दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *