नयाँ दिल्ली: आफ्नो जीविका आर्जन गर्न, व्यवसाय गर्न अथवा परिवार चलाउको लागि काम गर्न गएका दार्जिलिङ पहाड़, तराई,डुवर्स-का गोर्खे दाज्यु-भाई, दिदी-बहिनीहरु दिल्लीको विभिन्न ठाउँहरूमा हाल बसोवासो गरिरहेका छन्। तिनीहरूमध्ये विशेष गरेर कतिपय युवा-युवतीहरु पहाड़को राजनीतिमा निक्कै चाँसो राखेर राजनैतिक गतिविधि कार्यहरू त्यहींदेखि गरिरहेका छन्। हाल पहाड़को राजनैतिक परिवेश बद्लिएको छ जसको असर दिल्ली मात्र नभएर विश्वभरि छरिएर बसेका भारतीय नेपालीहरुमा परिरहेको छ। यसैले दीपशिखा राईको नेतृत्वमा दिल्लीको मुनीरकामा हाम्रो पार्टी-का समर्थकहरुमाझ साङ्गठनिक सभा आयोजित गरिएको साथै उक्त सभामा हाल गुड़गाउँमा रहेका युवाहरुले हाम्रो पार्टी-लाई समर्थन जनाएको कुरा जानकारी गराएको छ।
