दिल्लीमा भाजपा नेतृत्वसँग बैठक गरेर फर्किए गोरामुमो नेताहरू

बाघडुग्रा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ अनि केन्द्रीय प्रवक्ता महेन्द्र छेत्री भारतीय जनता पार्टीको निमन्त्रणामा दिल्लीमा बैठकमा भाग लिएर आज दार्जिलिङ फर्किए। आज दिल्लीबाट फर्कने क्रममा बाघडोग्रा हवाईअड्डामा तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै दिल्लीको बैठकबारे जानकारी दिए। यस अवसरमा अध्यक्ष मन घिसिङले बताए अनुसार भारतीय जनता पार्टीको केन्द्रिय नेतृत्व अनि पश्चिम बंगाल भाजपाका नेतृत्वहरुसँग बैठक बसे। उक्त बैठकमा 2021को बंगाल विधानसभा चुनाउ अगावै स्थायी राजनैतिक समाधानको निम्ति भाजपाको सम्पूर्ण गठबन्धन दलहरुलाई लिएर वार्ता शुरु हुन पर्छ भनेर उक्त सभामा आफुले जनाएको घिसिङले बताए।


स्थायी राजनैतिक समाधान केवल गोर्खाल्याण्ड हो तर यदि गोर्खायाण्ड हुन नसेको खण्डमा छैटौं अनुसूची भन्दा मुनिको कुरा स्वीकार नहुने उक्त बैठकमा आफुले स्पष्ट राकेको पनि तिनले बताए। यसैगरी, दिल्लीबाट आफुहरू आज घर फर्किरहेकोले सरकारी निर्देश अनुसार अब 14 दिनसम्म दुवैजना होम क्वारेन्टाइनमा बस्ने पनि घिसिङले जानकारी दिएका छन्। अर्कोतिर, 14 दिनको होम क्वारेन्टाइन सकेपछि पार्टीको केन्द्रिय समितिको बैठक बसेर भावी रणनीति तय गर्ने दार्जिलिङ शाखा अध्यक्ष अजय एड्वर्डले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *