दिल्लीमा प्रधानमन्त्रीसित भेट गरिन् ममता ब्यानर्जीले

नयाँ दिल्ली : हाल एक सप्ताहको लागि दिल्ली भ्रमणमा रहेका बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीले आज दिल्लीस्थित प्रधानमन्त्री आवासमा गएर प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गरे। राज्यको बागडोर तेस्रोपल्ट सम्हालेपछि मुख्यमन्त्री ममता ब्यानर्जीको यो पहिलो दिल्ली यात्रा हो। दिल्ली भ्रमण अवधि कङ्ग्रेस लगायत देशका विभिन्न विपक्षी राजनैतिक दलका नेताहरूसित भेटघाट गर्ने ममता ब्यानर्जीको कार्यक्रम रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *