दिल्ली वार्तामा गोर्खाहरूको हितमा केही कुरा पनि हुँदैन : विधायक रूदेन लेप्चा

कालेबुङ: गोर्खाहरूको समस्या समाधानबारे 12 अक्टोबर 2021 को दिन नयाँ दिल्लीको नर्थ ब्लकमा देशका गृहमन्त्री अमित शाहाको सभापतित्वमा सम्पन्न हुने भनिएको बैठकलाई लिएर कालेबुङका विधायक तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय नेता रूदेन सादा लेप्चाले प्रतिक्रिया व्यक्त गर्दै यो बैठक केवल गोर्खाहरूलाई ‘आई वास’ गरेको दावी गरे। तिनले भने, त्रिपक्षीय वार्ताको नाममा केवल फूलपाती शोभायात्रा मनाउन गएको मात्र हो। गृह मन्त्रालयले 12 अक्टोबरको दिन बोलाएको बैठक भाजपाको घटक दलहरूको आगामी चुनाउलाई लिएर रणनीति बनाउने मात्र रहेको पनि विधायक लेप्चाले आरोप लगाउँदै सो बैठकमा गोर्खाहरूको हितमा केही कुरा पनि नहुने बताएका छन्। तिनले त्रिपक्षीय वार्ताको निम्ति भनेर पठाइएको पत्रको प्रतिलिपि सोशल मिडियाहरूमार्फत् थाहा पाए अनुसार गृह मन्त्रालयबाट नै पठाइएको हो भन्ने कुरालाई पनि आशंका व्यक्त गर्दै त्यस पत्र गाउँ-समाजमा पठाउने पत्रहरू जस्तै मात्र रहेको साथै पत्रमा अशोक स्तम्भ समेत नरहेको बताए। उक्त बैठकले गोर्खाको हितमा कुनै कार्य गर्ने छ भन्ने कुरामा पनि आफू विश्वस्त नरहेको तिनले पत्रकारहरूलाई बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *