डेङ्गुबारे सचेतना तथा प्लास्टिकमुक्त सहर बनाउन 25 नम्बर वार्ड कमिटीद्वारा सचेतनतामूलक र्‍याली

सिलगढी : डेङ्गुबारे साधारण मानिसहरूलाई जागरूक गराउन साथै प्लास्टिकको क्यारी ब्यागमुक्त सहर बनाउने सन्देश दिँदै 25 नम्बर वार्ड कमिटी सडकमा ओर्लिएको छ। सिलगढी नगरनिगमको 25 नम्बर वार्ड कमिटी र 4 नम्बर बोरोको पहलमा आज एउटा सचेतनतामूलक र्‍यालीको आयोजना गरियो। उक्त र्‍यालीमा स्थानीय काउन्सिलर तथा 4 नम्बर बोरो चेयरम्यान जयन्त साहा लगायत 25 नम्बर वार्डका मानिसहरू उपस्थित थिए। यस अवधि साधारण मानिसहरूलाई डेङ्गुबारे जागरूक गराउनको साथै सिलगढी सहरलाई प्लास्टिकमुक्त सहर बनाउने उद्देश्य लिएर मानिसहरूलाई लुगाको ब्याग पनि प्रदान गरियो। यस अवसरमा जयन्त साहाले भने, सिलगढी नगरनिगम साधारण मानिसहरूको सेवाको लागि चौबीसै घण्टा लागिपरेको छ। हामी सबैजना मिलेर सडकमा ओर्लिएर कार्य गरिरहेका छौँ। साधारण मानिसहरू जागरूक भए मात्र डेङ्गुको रोकथाम गर्न सम्भव रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *