डेङ्गुबारे सिलगढीको 10 नम्बर वार्डमा मानिसहरूलाई सचेतन गराउँदै लिफलेट वितरण

सिलगढी : कोरोनाको प्रकोप राम्ररी कम्ती हुन नपाई सिलगढी लगायत उत्तर बङ्गाल क्षेत्रमा नै हाल डेङ्गु रोगीहरूको संख्या बढ्दै गइरहेको छ। सिलगढी सहरलाई डेङ्गु मुक्त बनाउने उद्देश्य लिएर सिलगढी नगरनिगमले विविध पहल गरिरहेको छ। यसै क्रममा आज सिलगढी नगरनिगमको 10 नम्बर वार्डस्थित सूर्यसेन पार्कबाट डेङ्गुबारे सतर्कता अप्नाउँदै यहाँको प्रत्येक बाटो, ड्रेनहरूमा डेङ्गुनाशक स्प्रे तथा बिल्चिङ पाउडर छर्कियो। यसको साथै स्थानीय महिलाहरूले उक्त वार्डको घर-घरमा पुगेर मानिसहरूलाई डेङ्गुबारे सतर्क गराउँदै लिफलेट पनि वितरण गरे। उक्त वार्डका पूर्व काउन्सिलर तथा इलाकाका महिलाहरू मिलेर ट्याबलो तथा माइकिङको माध्यमद्वारा मानिसहरूलाई डेङ्गुबारे जागरूक गराए। यस सम्बन्धमा पूर्व काउन्सिलर तथा प्रशासक मण्डलीका सदस्य कमल अग्रवालले भने, सिलगढी सहरको केही ठाउँहरूमा हाल डेङ्गुको प्रकोप देखापरेको छ। उक्त वार्डमा पनि केही मानिसहरू डेङ्गु रोगीले संक्रमित भएकोले गत केही दिनदेखि वार्डमा डेङ्गुको जीवाणुनाशक स्प्रे गरिरहेको तिनले बताए। यस कार्यमा धेरैजना मानिसहरूले सहयोग पुर्‍याइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *