डेङ्गुको रोकथाम गर्न फाँसीदेवाको विभिन्न नाली तथा जलाशयहरूमा छोडियो गप्पी माछाहरू

फाँसीदेवा : डेङ्गुको रोकथाम गर्ने उद्देश्य लिएर ब्लक प्रशासनको तर्फबाट आज फाँसीदेवा ब्लकको विभिन्न बजार तथा गाउँको नाली तथा जलाशयहरूमा गप्पी माछाहरू छोडियो। राज्यको विभिन्न जिल्लाहरूमा डेङ्गुको मामिला बढ्दै गइरहेको छ। प्रशासन डेङ्गुको प्रकोप रोक्नको लागि केही पहलहरू गरिरहेको छ। यसै क्रममा फाँसीदेवा ब्लकको विभिन्न नाली तथा जलाशयहरूमा गप्पी माछाहरू छोडियो। यस अवसरमा फाँसीदेवाका बीडीओ सञ्जु गुह मजुमदार, पञ्चायत समितिका सभापति रिना एक्का, ब्लक स्वास्थ्य अधिकारी अरूनाभ दास लगायत प्रशासनका अधिकारीहरू उपस्थित थिए। यस विषयमा बीडीओ सञ्जु गुह मजुमदारले भने, महकुमा परिषदबाट लगभग 2 लाख गप्पी माछाहरू ब्लक प्रशासनलाई दिएको छ। डेङ्गुको लामखुट्टे पहिचान भएका नाली तथा जलाशयहरूमा आज गप्पी माछाहरू छोडियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *