डेङ्गुको रोकथाम गर्न फुलबारीको विभिन्न ठाउँका नालीहरूमा छोडियो गप्पी माछाहरू

फुलबारी : डेङ्गुको रोकथाम गर्ने उद्देश्य लिएर फुलबारीको विभिन्न ठाउँको नालीहरूमा गप्पी माछाहरू छोडियो। फुलबारी अञ्चलको विदायी प्रधान दिलीप रायले आज फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला, पूर्व धनतला, राजीव नगर, ममता पाड़ा सहित विभिन्न इलाकाको नाली तथा जलाशयहरूमा गप्पी माछाहरू छोडियो। लगभग 12 हजार गप्पी माछाहरू छोडिनेको बताइएको छ। यस सम्बन्धमा फुलबारी अञ्चलका विदायी दिलीप रायले भने, डेङ्गुको प्रकोपलाई कम्ती गर्नको लागि फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत विभिन्न ठाउँको नाली तथा जलाशयहरूमा गप्पी माछाहरू छोडियो। राजगञ्जको बीडीओ कार्यालयबाट लगभग 12  हजार माछाहरू ल्याइएको हो। माछाहरू छोड्नको सातै इलाकाका मानिसहरूलाई डेङ्गुप्रति जागरूक पनि गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *