डेङ्गुको रोकथाम गर्न मेयर गौतम देवले गरे विभिन्न वार्डहरूको निरीक्षण

सिलगढी : डेङ्गुको रोकथाम गर्नको लागि नगरनिगमका अधिकारीहरूलाई साथमा लिएर मेयर गौतम देव आज विभिन्न वार्डहरूको निरीक्षण गरे। मेयर गौतम देव, दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, डेपुटी मेयर रञ्जन सरकार र पार्षदहरूले आज 1, 2 र 3 नम्बर वार्डको निरीक्षण गरे। यस अवधि साधारण मानिसहरूलाई डेङ्गुबारे जागरूक गराउँदै घर-घरमा गएर लिफलेट पनि वितरण गरियो। यसको साथै वार्डको नालीहरूमा ब्लिचिङ पाउडर, मच्छर मार्ने तेल छर्किने काम गरियो। यस अवधि ठाउँ-ठाउँमा रहेको खाली जमिनमा पानी जमेको छ अथवा छैन भन्ने विषयमा निरीक्षण गर्नको साथै पानी जमेको खाली जमिनको मालिकलाई यसको सफाई गर्ने निर्देश पनि दिए। मेयरले भने, आगामी 15 दिनको अवधि डेङ्गुको संक्रमणलाई नियन्त्रणमा ल्याइनेछ। सिलगढी सहरलाई सफा राख्नको लागि नगरनिगमको तर्फबाट रातिको समयमा पनि सफाईको काम शुरू गरिएको छ। आफ्नो घरको छेउछाउमा पानी जम्न नदिने तिनले सबैसित अपील गर्दै सहरवासीहरूको सहयोग पाए आगामी 15 दिनको अवधिमा डेङ्गुको संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *