डेङ्गुको रोकथाम गर्न प्रशासन असमर्थ,  सिलगढी थानामा अभियोग दर्ता गरे सांसद राजु विष्टले

सिलगढी : डेङ्गुको स्थितिबारे जानकारी लिनको लागि दार्जिलिङका सांसद राजु विष्टले आज सिलगढीको 5 नम्बर वार्डको निरीक्षण गरे। यस अवधि तिनी डेङ्गु संक्रमित भएर मर्ने ट्वीङ्कल वर्माको घरमा गएर परिवारका सदस्यहरूसित कुराकानी गरे। डेङ्गुको स्थितिबारे तिनले सिलगढी नगरनिगम, जिल्ला प्रशासन लगायत मुख्य स्वास्थ्य अधिकारी एवम् नर्सिङहोम परिसेवालाई लिएर क्षोभ प्रकट गरे। यस अवसरमा सांसद विष्टले भने, हाल सिलगढी डेङ्गुको हब बनिसकेको छ। तर सिलगढी नगरनिगम लगायत जिल्ला प्रशासन लगायत मुख्य स्वास्थ्य अधिकारीहरूले चुपचाप छन्। स्वास्थ्य विभाग डेङ्गुको रोकथाम गर्नको बद्ली डेङ्गु संक्रमित भएर मर्नेहरूको संख्या लुकाउने प्रयास गरिरहेको छ। सिलगढी नगरनिगम, मुख्य स्वास्थ्य अधिकारी एवम् नर्सिङ होमको लापर्वाहीले गर्दा नै ट्वीङ्कल बर्माको मृत्यु भएको तिनले आरोप लगाए। यो एक प्रकारले हत्या हो। यसैले आज सिलगढी तानामा नर्सिङ होम कर्तृपक्ष, मेयर, डीएम र मुख्य स्वास्थ्य अधिकारीहरूको नाममा तिनले लिखित अभियोग दर्ता गरेका छन्। जनसाधारणलाई सटीक परिसेवा प्रदान गर्न नसके मेयर पद त्याग्ने तिनले बताए। जसको साहस छ त्यसले मात्र जनसाधारणको सेवाको लागि कार्य गर्न सक्ने तिनले बताए। यस अवसरमा सिलगढीका विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन लगायत भाजपाका अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes