डेंगूलाई रोक्न सिलगढी नगर निगम  पूर्ण रूपमा तयार:  गौतम देव 

सिलगढी: सिलगढीमा डेंगू रोगलाई फैलिन नदिनको लागि सिलगढी नगर निगम मैदानमा ओर्लिएको छ। यसको साथै भेक्टर कन्ट्रोल टीमहरूको संख्या पनि बढ़ाइँदैछ। डेंगू बारे आम जनतालाई जागरूक गर्नको लागि नगर निगमको तर्फबाट पर्चाहरू पनि मानिसहरूलाई  वितरण गर्नको साथै सडक नाटकहरूको माध्यमद्वारा पनि जागरूक गराइने भएको सिलगढी नगर निगमका मेयर गौतम देवले आज जानकारी दिएका छन्। मेयर गौतम देवले आज शनिवार सिलगढी नगर निगमको मेयर परिषदहरूसित डेंगू लगायत अन्य विविध विषयमा बैठक गरे। उक्त बैठकपछि तिनले पत्रकारहरूलाई बताए अनुसार डेंगू बारे मानिसहरूलाई जागरूकता फैलाउनको लागि अझ शिविरहरू तथा माइकिंग पनि गरिने छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *