डेङ्गुले प्राण गुमाउने युवकको परिवारसित भेटे विधायक तथा मेयरले

सिलगढी : सिलगढीका विधायक शङ्कर घोष र सिलगढी नगरनिगमका मेयर गौतम देवले आज डेङ्गुले प्राण गुमाउने सिलगढीको 23 नम्बर वार्ड निवासी बाप्पा रायको परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। गत सोमबार ज्वरो लगायत विविध शारीरिक समस्या लिएर बाप्पा राय सिलगढीको एउटा गैर सरकारी नर्सिङहोममा भर्ना भएका थिए भने मंगलबार बिहान त्यहाँबाट तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएपछि त्यहीँ तिनको मृत्यु भएको थियो। परिवारका सदस्यहरूले बताएअनुसार केही दिनदेखि ज्वरो आएको गर्दा बाप्पा रायलाई सिलगढीको एउटा नर्सिङहोममा भर्ना गरेपछि फेरि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिएको थियो। तिनको फ्लेट रेट एकदमै कम्ती भएको थियो। सटीक रूपमा उपचार नभएकोले गर्दा नै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि सिलगढी नगरनिगम अझ सक्रिय बन्नको साथै सिलगढीको विभिन्न इलाकाहरूमा सफाई अभियान चलाइरहेको छ। यसको साथै स्वस्थ्य कर्मीहरू घर-घर गएर सर्वे गरिरहेको छ। आज मेयर गौतम देव मृतकको घरमा गएर तिनका परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। पछि पत्रकारहरूसित कुराकानी गर्दै मेयरले भने, यो अति नै दुखद घटना हो। हामीले  स्वच्छता तथा स्वास्थ्य जागरूकता कायम राख्न प्रयास गरिरहेका छौं। यसभन्दा अघि पनि धेरैपल्ट डेङ्गुबारे मानिसहरूलाई जागरूक गराइसकेका थियौँ। अर्कोतिर, सिलगढीका भाजपा विधायक शङ्कर घोष पनि आज मृतक बाप्पा घोषको घरमा गएर परिवारका सदस्यहरूसित कुराकानी गरे। यस अवधि तिनले भने, उक्त घटनापछि सिलगढी नगरनिगम सावधान रहनुपर्छ। डेङ्गु सम्भावित इलाकाहरूलाई अधिक सफा सुग्घर राख्नु आवश्यक रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *