डेङ्गु मुक्त सिलगढी चाहिन्छ भन्ने माग गर्दै सिलगढीमा भाजपा-द्वारा र्‍याली

सिलगढी : डेङ्गु मुक्त सिलगढी चाहिन्छ भन्ने माग गर्दै मच्छरदानी ओढेर भाजपा सांगठनिक जिल्ला कमिटीले एउटा र्‍याली निकाल्यो। यसको साथै संगठनको तर्फबाट नगरनिगम कमिश्नरसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढायो। भाजपाका कार्यकर्ता तथा समर्थकहरूले आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि सिलगढी नगरनिगम अघि विक्षोभ प्रदर्शन गरे। उक्त र्‍यालीलाई केन्द्र गरेर नगरनिगममा विशाल पुलिस वाहिनी तैनाथ गर्नको साथै नगरनिगमको मुख्य द्वारमा ब्यारिकेट लगाइएको छ। आजको र्‍यालीमा भाजपा विधायक शंकर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, फाँसीदेवाका विधायक दुर्गा मुर्मू लगायक भाजपाका काउन्सिलरहरू उपस्थित थिए। यस अवसरमा मतिगढा नक्सलबारीका विधायक आनन्दमय बर्मनले भने, हाल राज्यको स्वास्थ्य व्यवस्था बेहाल अवस्थामा रहेको छ। सिलगढी नगरनिगमका कर्तृपक्ष हाल दुर्गा पुजाको कार्निभललाई लिएर व्यस्त छन्। सहरमा डेङ्गुको प्रकोप निक्कै बढेकोले यसको रोकथामतर्फ बेसी ध्यान दिए आगामी दिनमा उत्सवको मौसम अझ राम्रो हुनेछ। हामीहरूलाई नरोकेर डेङ्गुलाई रोक्नु आवश्यक रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *